काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ८.१४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय २३.८३ विन्दुमा ओर्लेर बन्द भएको छ ।
अघिल्ला दुई कराोबार दिन लगातार घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो । तर, अघिल्ला दुई दिनको तुलनामा मंगलबार घट्ने दरमा भने कमी आएको छ ।
सो दिन कारोबारमा आएकामध्ये १०७ कम्पनीको सेयर मूल्य बढ्यो भने १३६ वटाको घट्यो ।
७९ हजार ७ सय ७७ पटकको सेयर कारोबारमा २ करोड ६४ लाख ४१ हजार २ सय ६१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । मंगलबार सेयर बजारमा ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत्, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक बढे । बाँकी सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा गिरावट आएको हो ।
