काठमाडौँ — चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर साढे ४ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत हुने देखाएको हो ।
यो चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको आर्थिक वृद्धिदरको लक्ष्यभन्दा कम हो । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो । कार्यालयका अनुसार उपभोक्ता मूल्यमा ४.६१ प्रतिशतको वृद्धिदर भए पनि आधारभूत मूल्यमा भने ३.९९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
यस आर्थिक वर्ष प्राथमिक क्षेत्रको वृद्धिदर ३.२५, द्वित्तीय क्षेत्रको ४.६५ र सेवा क्षेत्रको वृद्धिदर ४.२१ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ ।
