नेप्सेमा सामान्य सुधार, पौने ११ अर्बको सेयर किनबेच

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Normal improvement in NEPSE, purchase and sale of shares worth 11 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा आइतबार सामान्य अंकको सुधार भएको छ ।

अघिल्लो दिनको तुलनामा ३.५८ अंक (०.१३ प्रतिशत) ले बढेर समग्र नेप्से २ हजार ६ सय ६१.६० विन्दुमा पुगेर बन्द भएको छ । गत बिहीबार २ अंकले बढेर बन्द भएको घटेको नेप्सेले आइतबार पनि सोही प्रवृति पछ्याएको हो ।

सो दिन कारोबारमा आएकामध्ये १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १४१ वटाको घट्यो ।  

८९ हजार १ सय ६१ पटकको सेयर कारोबारमा २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो । गत बिहीबार ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष र व्यापारको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully