जलविद्युत्‌को सेयरमा आकर्षण, सातामै पौने ८ अर्बको कारोबार

वैशाख पहिलो साता ५२.०३ अंकले बढ्यो नेप्से, पौने ३४ अर्बको कारोबार, जलविद्युत्‌को हिस्सा ३३ प्रतिशत

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Attraction in hydropower shares, turnover of 8 billion in a week

काठमाडौँ — नयाँ वर्षको पहिलो सातामा पनि जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । गत साता चार सेयर बजार खुलेकोमा कुल ३३ अर्ब ८८ करोड ७१ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा भएको कुल कारोबारमा करिब ३३ प्रतिशत हिस्सा जलविद्युत् उपसमूहअन्तर्गतका कम्पनीले ओगटेको नेप्सेले जनाएको छ ।

सो अवधिमा भएको कुल कारोबारमध्ये अन्य उपसमूहको हिस्सा १५.८९ प्रतिशत र लगानी उपसमूहको १३.६५ प्रतिशत छ । यसैगरी, जीवन बिमा उपसमूहको ७, वाणिज्य बैंक उपसमूहको ६ र विकास बैंक उपसमूहको ७ प्रतिशत कारोबार हिस्सा रहेको नेप्सेले बताएको छ । 

गत साता बिहीबार सबैभन्दा बढी १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । सो साता भएको चार कारोबार दिनमा कुल ३३ अर्ब ८८ करोड ७१ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त साता कुल ३३ अर्ब ८८ करोड ७१ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । गत साता सबैभन्दा बढी कारोबार बिहीबार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । 

साताको पहिलो कारोबार दिन आइतबार ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको थियो । नयाँ वर्षका कारण सोमबार सार्वजनिक बिदा भएकाले कारोबार हुन सकेन । गत मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ र बुधबार ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार गत साता २ लाख ७८ हजार ६४० पटकको किनबेचबाट ७ करोड ५४ लाख १५ हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको छ । गत साता ५२.०३ अंकले नेप्से वृद्धि भएको छ । अघिल्लो बिहीबार २ हजार ६ सय ७० दशमलव ७० विन्दुमा बन्द भएको थियो । गत बिहीबार २ हजार ७ सय ७२ दशमलव ७३ विन्दुमा बन्द भएको छ । यसले सो साता नेप्से परिसूचक ५२.०३ अंकले बढेको देखिन्छ । यसअनुसार गत साता पहिलो कारोबार दिन आइतबार मात्रै नेप्से ८.६२ अंकले घट्यो । गत मंगलबार २७.१४, बुधबार ७.०१ र बिहीबार २६.४९ अंकले नेप्से बढेको थियो ।

गत साता निर्जीवन बिमा, विकास बैंक, होटल तथा पर्यटनलगायतमा उपसूचकअन्तर्गतका कम्पनीमा पनि लगानीकर्ताको आकर्षण रह्यो । साताभर निर्जीवन बिमा ३३१.६१, विकास बैंक २२८.९२ अंक, होटल तथा पर्यटन १५२.५३ अंकले बढ् े। अघिल्लो बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक ६४७७.६३ विन्दुमा बन्द भएकामा गत बिहीबार ६ हजार ५ सय ९० दशमलव ३९ मा बिन्दुमा उक्लेको छ । 

गत साता जीवन बिमा उपसमूहको परिसूचक १४४.८३, जलविद्युत्को १३१.८९, लघुवित्तको ४४.११ अंक, फाइनान्स १८.९७ र उत्पादन तथा प्रशोधन १८.३२ अंकले बढ्कोे नेप्सेले जनाएको छ । सो साता बैकिङ उपसमूहको परिसूचक २४.७२, लगानीको ७.८७ र म्युचअल फन्डको शून्य दशमलव २३ अंकले बढे । 

सो अवधिमा व्यापार र अन्य उपसमूहको परिसूचक भने घटे । नेप्सेमा अनुसार गत साता व्यापार उपसमूहको परिसूचक ९७.०१ र अन्य उपसमूह २१.९३ अंकले घटेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully