पौने ११ अर्बको सेयर किनबेच

नेप्से २ हजार ७ सय २२ अंकमा, बिहीबारको कारोबार २५ दिनयताकै उच्च

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Buy and sell shares worth 11 billion

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ७ सय २२ बिन्दुमा पुगेर बन्द भएको छ । बुधबार २ हजार ७ सयनजिक पुगेर बन्द भएको नेप्से बिहीबार २६.४९ अंकले बढेर समग्र नेप्से २ हजार ७ सय २२ दशमलव ७३ अंकमा उक्लिएको हो । यो पछिल्ला सात कारोबार दिनयताकै उच्च हो ।

बुधबारको तुलनामा नेप्से ०.९८ प्रतिशतले बढेको हो । पछिल्ला तीन कारोबार दिनयता नेप्से लगातार उकालो लागिरहेको छ । नेप्से मंगलबार २७.१४ र बुधबार ७.०१ बिन्दुले बढेको थियो । सो दिन कारोबारमा आएकामध्ये कुल १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर घटेको छ । कुल ९० हजार ५ सय ५५ पटक भएको कारोबारमा २ करोड ३७ लाख ७३ हजार ७ सय ३१ कित्ता सेयर किनबेच भएका छन् । ती कारोबारबाट १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबारको कारोबार पछिल्लो २५ दिनयताकै बढी हो । गत फागुन २५ मा १० अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता १० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुन सकेको थिएन । सबैभन्दा बढी गत मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कुल १३ उपसमूहमध्ये व्यापार उपसमूह मात्रै ६.९५ अंकले घट्यो । बाँकी सबै उपसमूहको परिसूचकमा उल्लेखनीय वृद्धि भयो । सबैभन्दा ढबी निर्जीवन बिमा १२०.४०, जीवन बिमा ११२.०७, विकास बैंक ७६.१६ र लघुवित्त ३०.७७ अंकले बढेका छन् । 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेर बन्द भएको छ । यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको ६.८२, सुपर मादी हाइड्रोपावरको ६.६७, कर्पोरेट विकास बैंकको ५.८४ प्रतिशतले सेयर मूल्य बढेको छ । 

एनआईसी एसिया डिबेन्चर ०८५/०८६ को ४.७९, बोटलर्स नेपाल बालाजुको ४.४६, एसबीआई डिबेन्चर २०८३ को ३.४७, बलेफी हाइड्रोपावरको ३.२३, गुराँस लघुवित्तका लगानीकर्ताले ३.२० प्रतिशतले सेयर मूल्य घटेको छ । 

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनरको सबैभन्दा धेरै कारोबार भयो । बिहीबार मात्रै हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड २५ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ । गत मंगलबार बलेफी हाइड्रोपावरको मात्रै २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको थियो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ६२ करोड ४६ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको ४९ करोड ६१ लाख, ङादी ग्रुप पावरको ३८ करोड १५ लाख र राधी विद्युत् कम्पनीको ३७ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully