पाँच रुपैयाँका १० लाख थान नयाँ नोट आजदेखि चलनचल्तीमा

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

10 lakh new notes of five rupees in circulation from today

काठमाडौँ — नेपाल राष्ट्र बैंकले वैशाख २ (आज) देखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै आकार तथा रंगमा न४५ ०००००१ देखि भ१८ ९९९९९९का नोट चलनचल्तीमा ल्याउन लागिएको जनाइएको छ ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ । 

यस्तै, नोटको पछिल्लझ भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ । 

कान्तिपुर

Link copied successfully