प्रहरी सुरक्षामा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम २८ दिनपछि पुन: थालियो

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Nagadhunga-Sisnekhola tunnel work resumed after 28 days under police protection

काठमाडौँ — गत चैत ३ देखि स्थानीयको अवरोधपछि ठप्प रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम आइतबारदेखि प्रहरीको सुरक्षामा पुन: थालिएको छ ।

२८ दिनपछि नेपाल प्रहरीको सुरक्षामा आजदेखि सुरुङमार्गको काम पुन: सुरु भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।

सुरुङमार्गको धादिङ र काठमाडौं सीमामा पर्ने चन्द्रागिरी नगरपालिका–२ टुटीपाखामा खानेपानी, रोजगारी र क्षतिपूर्ति लगायत नदिएको भन्दै स्थानीयले विरोध गर्दै सुरुङमार्गको काममा अवरोध गर्दै आएका छन् ।

Nagadhunga-Sisnekhola tunnel work resumed after 28 days under police protection

आज पनि उनीहरुले सुरुङमार्गको मुखमा नाराबाजी गरेका थिए । त्यसैक्रममा आयोजनास्थलमा अवरोध गर्ने ६ जनालाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिआईजी दिनेशकुमार आचार्यले बताए ।

स्थानीयले परियोजनामार्फत भइरहेका तथा चालु रहेका कार्यक्रम या परियोजनाबाटै निरन्तर सञ्चालन गर्नुपर्ने वा सडक विभागमार्फत सञ्चालन गरिनुपर्ने माग अघि सार्दै आएका छन् ।

२०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । तर बिचैमा स्थानीयले काममा अवरोध गरिदिएपछि समस्या निम्तिएको छ । अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणलगायत काम अन्तिम चरणमा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully