५.५७ अंकले घट्यो नेप्से

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 5.57 points

काठमाडौँ — सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५.५७ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव २० प्रतिशतले घटेर २ हजार ६ सय ७०.७० अंकमा ओर्लिएको छ ।

बुधबार नेप्से ९.६६ अंकले बढेर २ हजार ६ सय ७६.२८ अंकमा बन्द भएको छ । तर बिहीबार घटेर २६७०.७० बिन्दुमा पुगेको हो । बिहीबार कारोबारमा आएका मध्ये ११४ कम्पनीको सेयर मूल्य बढ्यो, १३१ कम्पनीको घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ४९ हजार ६ सय ३२ पटकको सेयर किनबेचमा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यसमा कुल १ करोड १३ लाख ८४ हजार ७ सय २५ कित्ता सेयर किनबेच भए । विकास बैंक, जलविद्युत्, लघुवित्त र म्युचअल फन्ड उपसमूहका लगानीकर्ताको मात्रै सम्पत्तिको मूल्य बढ्यो । अन्य लगानीकर्ताको सम्पत्तिको मूल्य घट्यो । उत्पादन तथा प्रशोधन ६२.३३, जीवन बिमा ४३.२८, होटल तथा पर्यटन २६.५१ र निर्जीवन बिमा २४.८२ अंकले घट्यो ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो । सिन्धु विकास बैंकको ७.९८, विन नेपाल लघुवित्तको ७.२८ र दिव्यश्वरी हाइड्रोपावरको मूल्य ५.९० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन पावर पार्टनर, शुभम् पावर, नेपाल रिपब्लिक मिडिया र घोराही सिमेन्टका लगानीकर्ताहरूले आफ्नो सम्पत्तिको मूल्य गुमाए ।

कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, ङादी पावर ग्रुप अघि रहे । राधी विद्युत् कम्पनीको ३५ करोड ९४ लाख ७१ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड २९ लाख १८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३० करोड ५० लाख ४५ हजार, सीईडीबी होल्डिङ्सको २९ करोड २२ लाख ४६ हजार र ङादी पावर ग्रुपको २६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully