नारायणगढमा ‘मेड इन नेपाल एक्स्पो’ सुरु

चैत्र २९, २०८१

रमेशकुमार पौडेल

'Made in Nepal Expo' started in Narayangadh

चितवन — नयाँ वर्षको अवसर पारेर नारायणगढ क्याम्पाचौरमा शुक्रबारदेखि ‘मेड इन नेपाल एक्स्पो (प्रदर्शनी) तथा फूड फेस्टिभल’ सुरु भएको छ । वैशाख २ गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गरेकी हुन् ।  नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को चितवन शाखाले उक्त प्रदर्शनी आयोजना गरेको हो । 

एक्स्पोमा सयभन्दा बढी स्टल रहेको आयोजक संस्थाका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।  कृषि, निर्माण सामग्री, हस्तकला, परम्परागत कपडा, जस्ता नेपाली उद्यमीका उत्पादन मात्रै राखेको उनले बताए । त्यसैगरी नव प्रवर्तनशील युवा उद्यमीलाई एक्स्पोमा आयोजकले १० वटा स्टल व्यवस्था गरेका छन् । महिला, ग्रामीण क्षेत्र र अल्पसंख्यक समुदायको प्रतिनिधित्व रहने गरेर सामुदायिक उद्यम स्टल त्यहाँ छन् । 

'Made in Nepal Expo' started in Narayangadhत्यसैगरी एक्स्पोमा हरेक दिन साँझपख हुने फूड फेस्टिभलमा थकाली, थारु, तमाङ, नेवारी र तराई क्षेत्रका परिकार रहने छन् । परिकारको विविधताका साथै प्राङ्गरिक उत्पादन र फूड आर्ट डिस्प्ले, लाइभ कुकिङ डेमो, फोटो फ्रेन्ड्ली डिजाइन् जस्ता सिर्जनात्मक गतिविधि पनि समावेश छन् ।

खानाको स्वादसँगै चर्चित ब्यान्ड र कलाकारबाट सांगीतिक कार्यक्रम प्रस्तुत हुने एनवाईईएफका चितवन अध्यक्ष उमेश श्रेष्ठले बताए । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully