वायुसेवा निगम विदेशी व्यवस्थापनलाई दिनुपर्ने : उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

Airline Corporation to be given to foreign management: High-level Economic Reforms Recommendation Commission

काठमाडौँ — पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित समितले तयार पारेर अर्थमन्त्री विष्णु पौडेललाई बुझाईएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले नेपाल वायुसेवा निगमको पुनसंरचना गरी बाह्य रणनीतिक साझेदार भित्र्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ । आयोगले शुक्रबार बिहान अर्थमन्त्रीलाई ४ सय ४७ पेजको प्रतिवेदन बुझाएको हो । 

यो प्रतिवेदनमा नेपाल वायुसेवा निगमलाई व्यवसायिक बनाउन बाह्य रणनीतिक साझेदारको खाँचो औल्याइएको छ । प्रतिवेदनमा लेखिएको छ,'यस्ता संस्थाहरूलाई व्यावसायिक बनाउन केही समयको लागि विदेशी व्यवस्थापनलाई

दिन उपयुक्त हुने देखिन्छ। प्रतिवेदनले हेटौंडा सिमेण्ट उद्योग र उदयपुर सिमेण्ट उद्योग गाभ्न पनि सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनले यि उद्योग गाभेर सरकारको केही हिस्सा राखेर निजी क्षेत्रलाई शेयर विक्री गर्न सुझाव दिएको छ ।

प्रतिवेदनले दुग्ध विकास संस्थानलाई सात प्रदेशमा रहनेगरी प्रदेश सरकारको सार्वजनिक संस्थानको रूपमा परिवर्तन गर्न पनि सुझाव दिएको छ । साथै घाटामा रहेका सार्वजनिक संस्थानहरू वर्तमान समयमा आवश्यक नभए खारेज गर्ने बाटो पनि प्रतिवेदनले देखाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully