विदेशमा रहेका नेपालीले नागरिकताबिनै अनलाइनमार्फत बैंक खाता खोल्न पाउने

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Nepalis living abroad can open bank accounts online without citizenship

काठमाडौँ — विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत नेपालका बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् । राष्ट्र बैंकले बुधबार जारी गरेको परिपत्रमा उक्त व्यवस्था छ 

यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था निर्देशनमा छ । 

कान्तिपुर

Link copied successfully