बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक : क्षेत्रीय खाद्य र बीउ भण्डार स्थापना गर्न सहमति

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

BIMSTEC Agriculture Ministerial Meeting: Agreement to establish Regional Food and Seed Reserves

काठमाडौँ — बिमस्टेक राष्ट्रहरूको कृषि न्त्रीस्तरीय बैठकले क्षेत्रीय स्तरमा खाद्य भण्डारणको स्थापना गर्ने सहमति गरेका छन्  । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा मंगलबार भएको बैठकले क्षेत्रीय कृषि व्यापारको प्रवर्द्धन गर्न यस्तो सहमति गरेको हो । 

 बैठकले क्षेत्रीय स्तरमा बीउ भण्डारण स्थापना गर्ने पनि सहमति गरेको कृषि मन्त्रालयका प्रवक्ता मतिना जोशी वैद्यले बताइन् ।

त्यस्तै, सदस्य राष्ट्रको कृषि क्षेत्रमा क्षमता विकासका लागि विशेष पहल गर्ने पनि सहमति जनाएका छन । बैठकमा भारत, भुटानका मन्त्रीको भौतिक उपस्थिति थियो ।

BIMSTEC Agriculture Ministerial Meeting: Agreement to establish Regional Food and Seed Reservesबंगलादेश, म्यानमार, र श्रीलंकाका मन्त्रीको भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । बैठकमा बिमस्टेक पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यको लागि नयाँ कार्ययोजनाको अनुमोदन गरेको छ ।

क्षेत्रीय कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको सहकार्यलाई प्रवर्द्धन गर्ने, कृषिसम्बद्ध मुख्य चुनौतीको समाधान गर्ने विषयमा पनि  छलफल भएको छ । कृषि क्षेत्रका विकासका कार्ययोजनाअनुसार सम्भाव्य क्रियाकलापका विषयममा समेत छलफल भएको छ । यो तेस्रो बैठक हो । चौथो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक श्रीलंकामा हुनेछ । 

कान्तिपुर

Link copied successfully