चेम्बर र टुरिजम काउन्सिल थाइल्यान्डबीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

Agreement between the Chamber and the Tourism Council of Thailand to cooperate in the tourism sector

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका  प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको उपस्थितीमा बुधबार चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानोनडिचाईले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

दुई मुलुकबीच पर्यटन प्रवर्द्धन, नागरिक उड्डयन एवं नेपालको विभिन्न क्षेत्रमा सांस्कृतिक प्रवर्द्धनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाल र थाइल्यान्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रवर्द्धन गर्दै संयुक्त रुपमा बजार प्रवर्द्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी प्रर्वद्धन एवं क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने गरी समझदारी भएको हो ।

यसका लागि संयुक्त कार्यदल गठन गर्ने विषयमा समेत सहमति भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको पोखरा र भौरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकीय गतिविधि बढाउन सो सम्झौता महत्वपूर्ण भएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully