सरकारद्वारा कुलमानलाई हटाएर हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको औपचारीक जानकारी

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

Official information that Hitendra has been appointed as the executive director of the authority after removing Kulman by the government

काठमाडौँ — सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको औपचारिक जानकारी दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाइएको मंगलबार जानकारी दिएका हुन् ।

मन्त्रालयमा मंगलबार मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै गुरुङले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाइएको जानकारी दिएका हुन् ।

सोमबार मन्त्रिपरिषद्को बैठकपछि भने घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको कुरामा सत्यता नरहेको अभिव्यक्ति मन्त्री गुरुङले दिएका थिए । प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको जानकारी पनि मन्त्री गुरुङले दिए ।  

कार्यकारी निर्देशक घिसिङलाई सरकारले पटक-पटक स्पष्टीकरण सोध्दै आएको थियो । ऊर्जामन्त्री दीपक खड्काले घिसिङले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आएका थिए । कुलमानले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उल्टै सरकारलाई प्रश्न गरेका थिए । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साउन २६ मा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनको कार्यकाल चार महिना मात्रै बाँकी रहँदा सरकारले बर्खास्त गरेको हो ।

सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको थियो । 

कान्तिपुर

Link copied successfully