जलविद्युत्‌को सेयरमा लगानीकर्ताको आकर्षण

साप्ताहिक सेयर कारोबारमा जलविद्युत्को हिस्सा ३२.७९ प्रतिशत

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Investors' attraction to hydropower shares

काठमाडौँ — जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो साताको कुल सेयर कारोबारमा जलविद्युत् उपसमूहको मात्रै ३२.७९ प्रतिशत हिस्सा रहनुले यो पुष्टि हुन्छ । जलविद्युत् उपसमूहको मात्रै ८ अर्ब ५३ करोड १९ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । जब कि कुल सेयर कारोबारमा वित्तीय क्षेत्र र बिमा उपसमूहको हिस्सा ४०.८७ प्रतिशत छ । 

बैंकिङ, विकास बैंक, लघुवित्त, फाइनान्स, बिमा र निर्जीवन बिमा उपसमूहको कारोबार यो साता १० अर्ब ६३ करोड ४७ लाख ७९ हजार रुपैयाँको भएको छ । सेयर बजारका १३ उपसमूहमध्ये सबैभन्दा बढी कारोबार हुनेमा जलविद्युत्, अन्य, विकास बैंक, जीवन बिमा, लगानी, लघुवित्त, बैंकिङ रहे । सबैभन्दा कम कारोबार हुनेमा सामूहिक लगानी कोष र व्यापार रहे ।

यो साता अन्य उपसमूहको ३ अर्ब ४३ करोड ३७ लाख, विकास बैंकको ३ अर्ब २६ करोड ५२ लाख, जीवन बिमाको २ अर्ब ३९ करोड, लगानीको २ अर्ब १८ करोड ७ लाख, लघुवित्तको १ अर्ब ६५ करोड १९ लाख, बैंकिङको १ अर्ब ५० करोड ३१ लाख रुपैयाँ कारोबार भयो ।

Investors' attraction to hydropower shares

फाइनान्सको ९४ करोड ९ लाख, उत्पादन तथा प्रशोधनको ८७ करोड ८२ लाख, निर्जीवन बिमाको ८७ करोड ७४ लाख, पर्यटनको २६ करोड ९१ लाख, व्यापारको ५ करोड ३२ लाख र सामूहिक लगानी कोषको ३ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो साता २६ अर्ब २९ करोड ६८ लाख ९५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

साताभर सेयर कारोबार मापक नेप्से परिसूचक ६७.१७ अंकले घटेको छ । पहिलो कारोबार दिन नै घटेको नेप्से साताभर नै घटेको हो । गत साताको अन्तिम कारोबार दिन (बिहीबार) समग्र नेप्से २ हजार ७ सय ३६.४८ बिन्दुमा बन्द भएको थियो । यो साताको अन्तिम कारोबार दिन नेप्से २ हजार ६ सय ६९.३१ बिन्दुमा बन्द भएको हो ।

नेप्से आइतबार २१.६३ अंक, सोमबार १०.१४ अंक, मंगलबार ७.६६ अंक, बुधबार १४.८८ अंक र बिहीबार १२.८४ अंकले घटेको हो । यो साता २ लाख ९७ हजार ५४८ पटकको सेयर किनबेचबाट ५ करोड १३ लाख ३१ हजार ३९८ कित्ता सेयर कारोबार भयो । यो साता सबैभन्दा बढी सेयर कारोबार आइतबार र सबैभन्दा कम कारोबार मंगलबार भएको थियो । 

यो साता लगानीकर्ता व्यापार र अन्य उपसमूहमा आकर्षित भएको देखिएको छ । यो साता ट्रेडिङ उपसमूह ६४.४४ अंक र अन्य उपसमूह ७४.६१ अंकले बढेको छ । बैंकिङ उपसमूह ३०.४४ अंकले घटेको हो । गत बिहीबार १३८९.९७ बिन्दुमा बन्द भएको बैंकिङ उपसमूह यो बिहीबार १३५९.५३ बिन्दुमा बन्द भएको हो ।

होटल तथा पर्यटन ३६.८१ अंकले घटेको छ । गत बिहीबार ६६११.५८ बन्द भएको होटल तथा पर्यटन उपसमूह बिहीबार ६५३९.६३ बिन्दुमा बन्द भएको हो । 

यो साता सोमबार १२.०३ र बुधबार ७.०६ अंकले बढे पनि अन्य दिन घट्दा साताभरमै होटल तथा पर्यटन उपसमूह घटेको हो । जलविद्युत् उपसमूह ११०.९७ अंक, विकास बैंक २२७ अंक, उत्पादन तथा प्रशोधन ६१.०२ अंक, निर्जीवन बिमा ३४०.९९ अंक, फाइनान्स ११७.७८, लघुवित्त ११७.७१ अंक, जीवन बिमा ५१९.८२ अंक र लगानी उपसमूह २.९१ अंकले घटेको हो ।

Investors' attraction to hydropower shares

कान्तिपुर

Link copied successfully