८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुग्यो

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

In 8 months, the country's trade deficit reached 9 trillion 87 billion 39 billion rupees

काठमाडौँ — चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढेको हो । 

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११.२० प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । 

चालु आर्थिक वर्षको ८ महिनामा व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशत छ भने आयातको हिस्सा ८७.८७ प्रतिशत रहेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापारमा आयातको हिस्सा ९१.१० प्रतिशत थियो भने निर्यातको हिस्सा ८.९० प्रतिशत थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully