किसानलाई अब बिनाधितो २ लाखसम्म ऋण

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Loans up to 2 lakhs now without collateral to farmers

विराटनगर — जयपति कृषि फर्म र डीभी एक्सलेसले एनआईएमबीएस बैंकमार्फत कामधेनु डेरीका एक सय किसानलाई बिनाधितो २ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा विराटनगरमा बुधबार भएको सम्मेलनका सन्दर्भमा सम्झौता–पत्रमा हस्ताक्षर गरिएको हो । 

कार्यक्रममा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटन क्षेत्रका ७ उद्यमीले आफ्नो व्यावसायिक योजना लगानीकर्तासमक्ष प्रस्तुत गरेका थिए ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कार्यक्रमको उद्घाटन गर्दै लगानीबिना उद्यमको विकास सम्भव नहुने बताउँदै प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको जिकिर गरे । 

आध्यन्तका सह–संस्थापक तथा निर्देशक मनोज पौडेलले कम्पनीले कोशी प्रदेशका विभिन्न व्यवसायमा हालसम्म लगभग ८२ करोड रुपैयाँ लगानी गरिसकेको र यस क्षेत्रमा अझै ठूलो अवसर देखिरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रमअन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरले व्यवसाय विकास सेवा खोज्ने उद्यमलाई प्रत्यक्ष सहयोग प्रदान गर्ने उल्लेख गरे ।

कान्तिपुर

Link copied successfully