काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।
यसअघिका कोषाध्यक्ष नीरक केसीको १८ महिने कार्यकाल सकिएका कारण उक्त पद रिक्त थियो । लामो समय रिक्त रहेको कोषाध्यक्षको बाँकी कार्यकाल आचार्यले सम्हाल्नेछन् ।
यसअघि महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति र स्थायी समिति सदस्य भई आचार्यले कार्य सम्पादन गरिसकेका छन् । आचार्य एक दशकभन्दा बढी समयदेखि महासंघमा आबद्ध भएर काम गर्दै आएका छन् ।
उनी विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध छन् ।
