खोटाङ — केपिलासगढी गाउँपालिकाका किसानलाई माहुरीको घार वितरण गरिएको छ ।
केपिलासगढी गाउँपालिकाको समन्वय, डिभिजन वन कार्यालय खोटाङको आयोजना तथा जलाधारमा आधारित जलवायु उत्थानशील जिविकोपार्जन आयोजनाको सहयोगमा बुधबार घार वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष समीर राईका अनुसार गाउँपालिकाका २५ जना अगुवा माहुरी किसानलाई माहुरी पालनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरी चार घारका दरले एक सय वटा घर वितरण गरिएको हो ।
माहुरीबाट किसानको आयश्रोत बढाउने उद्देश्यले घार वितरण गरिएको राईले बताएका छन् । ‘केपिलासगढीमा तोरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत घर–घरका किसानले तोरी खेती गरिरहनु भएको छ,’ राईले भने, ‘तोरी खेतीमा माहुरी पालन फष्टाउने भएकाले पनि माहुरी पालनमा किसानलाई सहयोग गरिएको हो ।’
