ट्रम्पको नीतिले विश्वबजारमा हलचल ल्यायो : अर्थविद् पौडेल

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Trump's policy caused a stir in the world market: Economist Paudel

काठमाडौँ — अर्थविद् विश्व पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला निर्णयले विश्वबजारमा हलचल नै ल्याएको बताएका छन् । ट्रम्प विश्व व्यापारको सन्दर्भमा पनि विगतमा अमेरिकाले नै सुरु गरेको अन्तर्राष्ट्रिय नियम र मान्यताविपरीत जान खोजेको उनको विश्लेषण छ ।

‘यसअघि व्यापार गर्नका लागि अरु राष्ट्रलाई धेरै सुविधा दिइएको रहेछ, अब त्यसमा कटौती हुन्छ भन्ने स्पष्ट संन्देश राष्ट्रपति ट्रम्पको पछिल्ला निर्णयहरुले दिएका छन्,’ पौडेलले कान्तिपुरसँग भने, ‘अरु राष्ट्रबाट हुने आयातमा भन्सार लगाउँदा अमेरिकामा मुद्रास्फीति बढ्छ । ट्रम्पले लगानी बढाउने, रोजगारी बढाउने र सँगै तलब तथा भत्ता पनि बढाउँछु भन्ने सोच राखेको देखिन्छ ।’

ट्रम्पले यसअघिका शासकले गरेका धेरै निर्णयमा पनि असहमति राख्दै आफ्नो नयाँ शासन सुरु गर्न चाहेको पनि पौडेलको भनाइ छ । 

ट्रम्पको नयाँ व्यापार नीतिले भने नेपाललाई खासै असर नपर्ने अर्थविद् पौडेलको भनाइ छ । ‘अमेरिकाको निर्णयले नेपाललाई ठूलो असर नपर्ला किनकि लामो समयसम्म सुविधा दिँदा पनि हामीले सामान बेच्न सकेका छैनौँ,’ उनी थप्छन्, ‘नेपालीको अमेरिका प्रवेश र त्यहाँ रहेका नेपालीलाई पनि केही सास्ती हुने देखिन्छ, अध्ययनका लागि प्राप्त भइरहेका छात्रवृति, डीभीलगायत अवसर संकुचन हुने देखिन्छ ।’

आर्थिक रूपमा अमेरिकी सरकारले दिने सहायता कम हुने तर त्यहाँको निजी क्षेत्रबाट आउने सहायता प्रभावित नहुने उनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully