नागढुंगा सुरुङमार्गमा हट्यो स्थानीयको अवरोध

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

Obstacle of local people removed on Nagadhunga tunnel

काठमाडौँ — सोमबारदेखि निर्माण ठप्प रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम बुधबारबाट पुनः सुरु हुने भएको छ ।

आयोजना र अवरोध गर्ने स्थानीयबीच मंगलबार सडक विभागमा भएको वार्तापछि निर्माणको काम अघि बढाउने सहमति भएको हो ।

धादिङको सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसन नजिकै रहेका केही घर चर्किएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग राखेर काम रोकेका थिए । नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर सन्जय पन्थीका अनुसार रोड साइड सर्भिस स्टेसन छेत्रमा रहेका सरचनाहरुको संरक्षण गर्ने गरी सहमति भएको छ ।

कान्तिपुर

Link copied successfully