जलस्रोत विधेयकको दफा १७ टुंगिएन, समितिबाट अरु सबै दफा पारित

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

Section 17 of the Water Resources Bill was not completed, all other sections were passed by the committee

काठमाडौँ — जलस्रोत विधेयकको दफा १७ बाहेकका सबै दफा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकले विधेयकको १७ बाहेक सबै दफा पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले बताए ।

उनका अनुसार विधेयकमा भएको भाषिक त्रुटिलाई अन्तिममा मिलाउने सहमति भएको छ ।

विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रबारे अझै छलफल गर्नुपर्ने भएकाले अर्को बैठकले टुंगो लगाउले उनले बताए । 'उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानुन संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने तयारी छ,' उनले भने ।

'जलस्रोत विधेयकलाई समितिले राष्ट्रहित, जनहितमा लगी ६० लाख नेपालीको जुन सेयर छ, त्यसलाई पनि संरक्षण गरेर विधेयकलाई संशोधन गर्नु नपर्नेगरी सदनमा पेस गर्छौं,’ समिति सभापति सिंहले भने । 

विद्युत् क्षेत्रमा रहेको ६० लाख नागरिकको सेयर संरक्षण गर्ने गरी विधेयक आउने उनको दाबी छ ।

कान्तिपुर

Link copied successfully