ठूला आयोजनाका लागि लगानी मोडालिटी तयार : ऊर्जामन्त्री खड्का 

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Investment modality ready for big projects: Energy Minister Khadka

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अलपत्र परेका ठूला आयोजनाको विकास गर्न सर्वसाधारण र निजी क्षेत्रलाई साथमा मोडालिटी तयार गरेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ऊर्जामन्त्री खड्काले बुढीगण्डकी, उत्तरगंगा, माथिल्लो अरुणजस्ता ठूला आयोजना अलपत्र रहेको बताए । 

‘सर्वसाधरण र निजी क्षेत्रलाई साथमा लिएर ठूला आयोजनाको विकास गर्ने गरी ऊर्जा मन्त्रालयले मोडालिटी तयार गरेको छ,’ उनले भने, ‘बुढीगण्डकीमा ४३ अर्ब खर्च भएको छ । प्रत्येक ठूला अयोजनाहरुमा अर्बौ रुपैयाँ सरकारको खर्च भएको छ । सरकारले मूर्त रुप दिने गरी काम गरिरहेको छ ।’

कान्तिपुर

Link copied successfully