हाइड्रोपावरको आईपीओ निस्कासन रोक्नु दुःखद : कार्यकारी निर्देशक घिसिङ

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Stopping Hydropower's IPO release sad: Executive Director Ghisingh

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाको आइपिओ रोकिनु दुखद भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजनाको 'जलविद्युत आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती' विषयक अन्तर्क्रिया कार्यक्रममा उनले  सर्वसाधारणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव रहेको बताएका छन् ।  

प्राधिकरणले अहिले निजी क्षेत्रका १२ हजार मेगावाटका जलविद्युत् आयोजनाको विद्युत् खरिद विक्री सम्झौता (पीपीए) गरिसकेको घिसिङले बताए । नेपालको विद्युत् उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाव घट्दा हिउँदमा  ११ सय मेगावाट मात्रै उत्पादन भइरहेको उनले बताए ।

२८ हजार ५०० मेगावाट विद्युत् पुर्‍याउन प्राधिकरणले त्यो भन्दा २० प्रतिशत बढी पीपीए खोल्ने पक्षमा रहेको समेत घिसिङले जनाए ।हाल पीपीए भएका जलविद्युत् आयोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले प्राधिकरणले अहिले पीपीए नखोलेको उनको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully