फागुनमा एउटा बैंकको ब्याज बढ्दा एउटाको घट्यो, १८ को स्थिर

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

In February, one bank's interest rate rose, one fell, 18 remained steady

काठमाडौँ — फागुन महिनाका लागि एउटा बैंकले निक्षेपको ब्याज बढाउँदा एउटाले घटाएको छ भने १८ वटा बैंकको स्थिर छ । १८ वटा बैंकले फागुनका लागि पनि यही माघकै ब्याजदर स्थिर राखेपछि २० वटा वाणिज्य बैंकको औसत ब्याजदरमा भने परिवर्तन आएको छैन् ।

फागुन महिनामा पनि सबै वाणिज्य बैंकहरूमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसत ६.००१ प्रतिशत छ । यो यही माघकै बराबर हो ।

फागुनका लागि लक्ष्मी सनराइज बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएर ५.५ प्रतिशत कायम गरेको छ । माघमा यो बैंकको मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.७५ प्रतिशत छ ।

यस्तै, ग्लोबल आईएमई बैंकले मुद्दती निक्षेपको अधिकतम सीमा ०.२५ प्रतिशत विन्दुले बढाएर ६ प्रतिशत बनाएको छ । माघमा यस्तो ब्याजदर ५.७५ प्रतिशत थियो । बाँकी १८ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका हुन् ।

कान्तिपुर

Link copied successfully