जग र ढलान सुकाएर बेलिब्रिज जडान थालिएको हो
सिन्धुपाल्चोक — गत असोजको बाढीले बगाएको चीन जोड्ने तातोपानी नाकाको लिपिङ खोलामा आइतबारबाट बेलिब्रिज जडान सुरु गरिएको छ । दुवैपट्टिको भागमा शनिबारदेखि जग र ढलान सुकाएर बेलिब्रिज जडान थालिएको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले जनाए ।
नेपाली सेनाको प्राविधिक सहयोगमा पाँच दिनमा जडान गरिसक्ने लक्ष्य राखेको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ । गत असोजमा लिपिङ खोला र भोटेकोशीमा आएको बाढीले यहाँ मोटरेबल पुल, बेलिब्रिज बगाएको थियो । बाढी गएको केही समयमै लार्चार्मा ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो । लिपिङमा बल्ल बेलिब्रिज जडान गर्न लागिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
‘ह्युमपाइप र बेलिब्रिज जडानपछि नाकामा चहलपहल बढ्नेछ,’ उनले भने । यसअघि लिपिङ पुलको कुनाबाट कच्ची सडक जोडेर यातायात सञ्चालनमा ल्याइएको थियो । यसअघि नेपाल–चीनका अधिकारीबीच गरिएको अनौपचारिक छलफलअनुरूप माघ ६ देखि २५ सम्म नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जनाए ।
‘नाकामा धमाधम बेलिब्रिज जोड्ने काम भइरहेको छ, चीनतर्फर् पनि हाल सुरुङ र सडक पुनर्निर्र्मार्णका काम चलिरहेका छन्,’ उनले भने । ह्युमपाइप राखेर ढुंगामाटोले राखेर लिपिङ र लार्चार्मा सडक बनाइएको डिभिजन सडक कार्यार्लय चरिकोटका प्रमुख अमित श्रेष्ठको भनाइ छ । ‘अब केही दिनमा बेलिब्रिज जडानको काम सकेर यातायात सुरु गर्नेर्छौं,’ उनले भने ।
तातोपानीबाट हाल आयात ठप्प छ । चिनियाँ कन्टेनर व्यवसायीले हाल सामान क्यारिङ नगर्नर् सूचना जारी गरेका छन् । यसबारे ट्रान्सपोर्टर् र व्यापारिक केन्द्रलाई सरकारमार्फर्त निर्देशन गरिसकेको व्यवसायी बताउँछन् । भूकम्प, परकम्प र बाढीपहिरोपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असार २१ मा भोटेकोशी बाढीले सडक र सीमाका ८० वटा घर बगाएर कोदारी राजमार्ग तहसनहस बनेको थियो ।
२०७४ मा चिनियाँ कम्पनीद्वारा निर्मित लार्चास्थित मोटरेबल पुल सुक्खा पहिरोले भोटेकोशी थुनिएर बगेको थियो । त्यसको केही समयपछि बेलिब्रिज जडान गरिएको थियो । यसअघिका बर्खामा क्षति मात्रै भइरहेको लिपिङ बजार जोड्ने पुल गत असोजमा लिपिङ खोलाको बाढीले पूरै बगाएको थियो ।
