अर्थतन्त्रका समस्या सरकारले किस्ता-किस्तामा समाधान गरिरहेको छ : उपप्रधानमन्त्री पौडैल

माघ १७, २०८१

कान्तिपुर संवाददाता

The government is solving the economic problems in installments: Deputy Prime Minister Paudail

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई किस्ता-किस्तामा समाधान गरी रहेको बताएका छन् । 

नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था (आइकन)को २८ औं वार्षिकोत्सव समारोह बोल्दै अर्थमन्त्री पौडेलले बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ताकिस्तामा समाधान गर्न चाहेको बताए । अर्थतन्त्रलाई चलायमान बनाउँदै मुलुकमा लगानी, उत्पादन, रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्ने प्रयास सरकारले गरिरहेको उनलेको भनाइ थिय । 

सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहनसक्ने गरी आत्मासाथ गरे पनि वर्तमान नयाँ प्रविधिका हिसाबले अगाडि बढ्न भने नसकेको पौडेलको भनाइ थियो । नेपालको कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न अझै नसकेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सहरूले सुधारको लागि आवश्यक सहयोग गर्नुपर्ने उनको आग्रह थियो । ‘कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न सकेको छैन । कर छलीका काम भइरहेको छ । कुनैपनि व्यवसायीहरूले कर छल्न नसक्ने खालको कानुन बनाउन सकिएको छैन । कर छल्न कुनै पनि कर्मचारीलाई सघाउन नसक्ने र औचित्यमा आधारित स्थापित गर्ने सन्दर्भमा सरकारले धेरै काम गर्न बाँकी छ । कर प्रणालीमा सुधार गर्न गरी राजश्वको उच्च वृद्धिको लागि सरकारसँग सहकार्यको माग गर्न चाहन्छु,' उनले भने ।

अर्थमन्त्री पौडेलले नेपालको पुँजीबजारलाई दिगो, भरपर्दो र विश्वानीय ढंगले अगाडि बढाउनका काम गर्नुपर्ने बताए । 'पुँजीबजारलाई दिगो, भरपर्दो र विश्वानीय ढंगले अगाडि बढाउनका लागि कुनै पनि प्रकारका चिटिङलाई प्रवेश हुन नदिनका लागि भूमिका खेल्न सक्नुहुन्छ । त्यसतर्फ पनि सहयोगको अपेक्षा गर्दछु । आर्थिक कारोबारलाई सरकारले डिजिटल रुपमा व्यवस्थित गर्दै गएको छ,' उनले भने, 'सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहन सक्ने गरी आत्मासाथ गर्न सक्ने हिसाबले अगाडि बढ्न सकेको छैन ।'

नेपालको अर्थतन्त्रमा पछिल्लो समय देखिएका समस्या समाधान क्रमशः गरिरहेको अर्थमन्त्री पौडेलको भनाइ थियो । 'अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ता-किस्तामा समाधान गर्न चाहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन चाहेको छ । लगानी, उत्पादन, रोजगारीलाई अभिबृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको छ,' उनले भने ।

सरकारले मुलुकमा स्वदेशी तथा विदेशी लगानीको वातारण सुधारको काम गरिरहेको पनि पौडेलले बताए । विदेशी लगानी प्रबर्धन र लगानीमैत्री वातावरणका कुरा गर्दा सबैभन्दा पहिला सम्पर्क हुने संस्था आईक्यान रहेको पनि उनको भनाइ थियो । लगानीमैत्री वातावरण बन्ने गरी अध्ययन गरी रिर्पोट बनाउन उनको आग्रह थियो ।   

कान्तिपुर

Link copied successfully