अमेरिकी अनुदानका कार्यक्रम स्थगित गर्न अर्थ मन्त्रालयको निर्देशन

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Finance Ministry's directive to suspend US subsidy programs

काठमाडौँ — अमेरिकी अनुदानमा सञ्चालनमा रहेका कार्यक्रमहरू स्थगित गर्न अर्थ मन्त्रालयले सरोकारवालाहरुलाई निर्देशन दिएको छ । सम्बन्धित सबै सरोकारवालाहरुलाई उक्त  निर्देशन जारी भइसकेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले बताए ।

सोमबार अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा प्रवक्ता भट्टराईले मुख्यगरी, स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीति गरी चार क्षेत्रका यूएसएआईडीको अनुदानमार्फत सञ्चालित कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् ।

‘यूएसएआईडी र नेपाल सरकारबीच ०५ मे २०२२ मा हस्ताक्षरित सम्झौतामार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरू क्रमशः स्वास्थ्य, कृषि, शिक्षा र समावेशी नीतिका परियोजनामा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको यूएसएआईडी नेपालले पत्रमार्फत जानकारी गराएको छ,’ अर्थ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यस ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत यूएसएआईडी स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरूलाई जानकारी गराइएको छ ।’

कान्तिपुर

Link copied successfully