६ महिनामा १ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Export of cement and clinker worth 1.37 billion rupees in 6 months

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि पुससम्म १ अर्ब ३७ करोड ९० लाख ६६ हजार रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २२ प्रतिशतले सिमेन्ट र क्लिंकर निर्यात घटेको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको साउनदेखि पुससम्म १ अर्ब ७६ करोड ३३ लाख १० हजार रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।विभागका अनुसार  चालु आर्थिक वर्षको ६ महिनामा ८८ करोड ३५ लाख ९० हजार रुपैयाँको सिमेन्ट र ४९ करोड ५४ लाख ७६ हजार रुपैयाँको क्लिंकर निर्यात भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ४ लाख ४९ हजार ३५१ टन सिमेन्ट र ४ लाख ५४ हजार ६२२ टन क्लिंकर निर्यात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ६ महिनामा २ लाख २२ हजार ११७ टन  क्लिकंर र १४ लाख ५० हजार २५० टन सिमेन्ट निर्यात भएको थियो । 

भारतीय निकाय बीआईएस (भारतीय मानक ब्युरो) ले आयात हुने सबै सिमेन्ट तथा क्लिंकरलाई गुणस्तर प्रमाणपत्र अनिवार्य गरेकाे छ । त्यसकारण केही उद्योगको नवीकरण नभएको र नयाँ उद्योगले समेत प्रमाणपत्र लिन नसकेकाले निर्यात घटेको उद्योगीहरू बताउँछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully