आयोजना बैंकको व्यवस्थित र अद्यावधिक गरिँदै

माघ १०, २०८१

कान्तिपुर संवाददाता

Managing and updating the project bank

काठमाडौँ — राष्ट्रिय योजना आयोगले आयोजना बैंकलाई व्यवस्थित र अद्यावधिक गर्न लागेको छ । समयसामयिक विषय वस्तुबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले आयोजना बैंक व्यवस्थित र अद्यावधिक गर्न लागेको जानकारी दिएका हुन् ।

 ‘आयोजना बैंकमा परियोजनाहरूको संख्या अत्यधिक धेरै छ, स्रोत साधन छरिएका छन् साधनको कुशल उपयोग कायम गर्न कठिनाइ सिर्जना गरिरहेको छ,’ उनले भने, ‘ आयोजनाहरू स्पष्ट रूपमा परिभाषित छैनन्, अधिकांश क्रियाकलापहरू परियोजना बैंकमा सूचीकृत गरिएका छन्, तर तीमध्ये धेरै परियोजनाहरू बिना तयारी समावेश गरिएका छन् ।’

यसले परियोजनाहरूको संख्या अनावश्यक रूपमा बढाएकाले आयोजना बैंक व्यवस्थित र अध्यावधिक गर्दै व्यवस्थित बनाउन र अद्यावधिक गर्न काम गरिरहेको उनले बताए । यसअन्तर्गत आयोजना बैंकको मापदण्डलाई अद्यावधिक गर्ने कार्य भइरहेको पनि उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगले दुई प्रमुख रणनीति अपनाउँदै परियोजनालाई ब्यबस्थित र विश्लेषण गरिरहेको छ । ‘पहिलो सही कार्यहरू गर्नुपर्छ, यसले प्राथमिकताका आयोजना छनोट गर्नमा ध्यान केन्द्रित गर्दछ। दोश्रो सही तरिकाले कार्यान्वयन गर्नुपर्छ, यसले कार्यान्वयन प्रक्रियालाई कुशल र प्रभावकारी बनाउन जोड दिन्छ,’ अधिकारीले भने ।

कान्तिपुर

Link copied successfully