कोशीमा सूचना प्रविधि क्षेत्रका नयाँ व्यवसायलाई सम्भावना: राष्ट्र बैंक  

पुस २९, २०८१

कान्तिपुर संवाददाता

Prospects for New Businesses in Information Technology Sector in Koshi: Rashtra Bank

काठमाडौँ — कोशी प्रदेशमा सूचना प्रविधि क्षेत्रका नविन व्यवसायहरू शुरु गर्न प्रबल सम्भावनाहरू रहेको राष्ट्र बैंककको प्रतिवेदनले औंल्याएको छ । आइतबार सार्वजनिक भएको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार सूचना प्रविधि क्षेत्रका व्यवसायहरूले पर्यटनबाटभन्दा बढी अर्थतन्त्रतमा योगदान पुर्‍याएको हुँदा कोशीमा पनि यस्ता व्यवसायलाई अवसर रहेको उल्लेख छ ।

‘इन्टरनेटको पहुँच विस्तारसँगै सूचना प्रविधि क्षेत्रका व्यवसायहरूले पर्यटनबाट भन्दा बढी अर्थतन्त्रमा योगदान गरेको सन्दर्भमा कोशी प्रदेशमा पनि सूचना प्रविधि क्षेत्रका नयाँ व्यवसायहरू शुरु गर्न सकिने,’ प्रदेशका सम्भावनाबारे प्रतिवदेनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रहरूमा टेलिमेडिसिन सेवा र गुणस्तरीय क्षिशाको लागि ई-लर्निङ सेवा सुरु गर्न सकिन्छ ।’

आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या १०.३ प्रतिशतले वृद्धि भई ४४ हजार ३ सय ४२ पुगेको प्रतिवेदनमा भनिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ८.३ प्रतिशतले बढेको थियो । कोशीमा कुल वितरित टेलिफोन संख्या ५२ हला २८ हजार ६ सय ७२ पुगेको छ । अघिल्लो आवको असार मसान्तमा यो संख्या ४८ लाख २७ हजार ६ सय ७६ थियो । 

Prospects for New Businesses in Information Technology Sector in Koshi: Rashtra Bank

कान्तिपुर

Link copied successfully