दूधको मूल्य नदिए किसानका आँसुले पोल्छ : कृषिमन्त्री अधिकारी

पुस २९, २०८१

प्रतीक्षा काफ्ले

If the price of milk is not given, the farmers will shed tears: Agriculture Minister Adhikari

कास्की — नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी किसानलाई दूधको मूल्य नदिने उनीहरूको आँसुले पोल्ने बताएका छन् । सोमबार केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको साधारणसभालाई सम्बोधन गर्दै कृषि मन्त्री अधिकारीले सरकारले व्यावसायिक किसानलाई साथ नदिए आयातको दूधमा भर पर्नुपर्ने बताए ।

उनले दुग्ध सहकारी संघले यस साधारण सभाबाट सरकारलाई घच्घचाउने गरी कार्यक्रम ल्याउनुपर्ने बताउँदै यसबाट आएका कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरिने बताए । ‘दुग्ध व्यवसायीको समस्या, किसानसँग लक्षित कार्यक्रम भए बजेटमा समेट्छौँ,’ उनले भने, ‘तपाईंहरू साझा धारणका रूपमा कार्यक्रम दिनुहोस् हामी सम्बोधन गर्छौं ।’

उनले कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानको समस्या भने अहिले पनि समाधान हुन नसकेको बताए । कृषि पेसा पुर्ख्यौली भएकाले यसलाई संरक्षण गर्नुपर्ने उनको भनाइ थियो । किसानसँग र व्यापारीसँग दूध, घिउको मूल्य फरक-फरक रहेको बताउँदै उनले जापान घिउ निर्यात गर्न लागि नेपाल र जापानी सरकारबीच सम्झौता भएको बताए । उनले घिउ निर्यात गर्न सके एक/डेढ महिनामा कृषकको ऋण तिर्न सकिने बताए ।

प्रतीक्षा

Link copied successfully