सीडीएस एन्ड क्लियरिङको प्रबन्ध सञ्चालकमा पन्दाक

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Pandak is the Managing Director of CDS & Clearing

काठमाडौँ — सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छिन् । सीडीएसको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

‘प्रविन पन्दाकलाई यस कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त गरी कम्पनीको कार्यकारी प्रमुख भई काम  गर्न नियुक्त गरिएको व्यहोरा जानकारी गराइन्छ,’ सीडीएस एन्ड क्लियरिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पन्दाक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)की कर्मचारी हुन् भने हाल उनी सीडीएस एण्ड क्लियरिङमा सञ्चालक थिइन् ।

कान्तिपुर

Link copied successfully