बथनाहा-विराटनगर कार्गो रेल : उद्‍घाटन भयो, सञ्चालनमा आएन  

पुस १०, २०८१

पर्वत पोर्तेल

Bathnaha-Viratnagar Cargo Rail: Inaugurated, not operational

विराटनगर — भारतको बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेल सेवा उद्घाटन भएको डेढ वर्ष बित्न लाग्यो । उद्घाटनयता कार्गो रेल सञ्चालन भने हुन सकेको छैन ।

कार्गो सञ्चालन भएसँगै महँगो ढुवानी भाडाको लागत घट्न सक्ने आशा व्यवसायीको थियो । तर, अझैसम्म सेवा सुरु नभएपछि व्यवसायीको आशा आशामै सीमित भएको छ । 

कोलकातादेखि विराटनगर आईसीपीसम्म कार्गो रेलबाट औद्योगिक कच्चा पदार्थ ढुवानी गर्दा प्रतिकिलो भारु करिब दुई रुपैयाँ पर्न जाने अनुमान थियो । यो ट्रक र कन्टेनरको ढुवानी खर्चको तुलनामा करिब ४० प्रतिशत कम हो । 

Bathnaha-Viratnagar Cargo Rail: Inaugurated, not operationalनेपाल र भारत सरकारबीच २०६१ सालमा भारत बिहारको बथनाहादेखि मोरङको कटहरीसम्म १८ दशमलव ७ किलोमिटर कार्गो रेल सेवा सञ्चालन गर्ने सहमतिबमोजिम पहिलो चरणमा बथनाहादेखि विराटनगरको आईसीपीस्थित नेपालको भन्सार यार्डसम्म ७ दशमलव ६ किलोमिटर रेलमार्गको निर्माण भएको छ ।

Bathnaha-Viratnagar Cargo Rail: Inaugurated, not operational२०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीमा संयुक्त रूपमा कार्गो रेलको उद्घाटन गरेका थिए ।

Bathnaha-Viratnagar Cargo Rail: Inaugurated, not operationalसुनसरी मोरङ औद्योगिक करिडोरमा आउने ९० प्रतिशत कच्चा पदार्थ भारतको कोलकाता बन्दरगाहबाट आयात हुँदै आएको छ ।  विराटनगर नाकाबाट दैनिक करिब  तीन सयभन्दा बढी ट्रक तथा कन्टेनर नेपाल भित्रिन्छन् ।

Bathnaha-Viratnagar Cargo Rail: Inaugurated, not operational

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully