नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त 

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Two members were appointed to the board of directors of Nepal Electricity Authority

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । 

यसअघिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएपछि बुधबार मन्त्री खड्काले केसी र पराजुलीलाई सदस्य नियुक्त गरेका हुन् । आचार्य नेकपा एस र पुन माओवादीको कोटाबाट सदस्यमा नियुक्त भएका थिए । 

केसी नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन)का अध्यक्ष हुन् भने पराजुली नेकपा एमालेनिकट हुन् ।  उनीहरूको कार्यकाल ४ वर्षको हुन्छ । 

पराजुली रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा समेत जलविद्युत् विज्ञ छन् । रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा पराजुलीको नाम उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully