त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि ८ घन्टामात्रै बन्द हुने

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Tribhuvan International Airport will be closed for 8 hours from December 17

काठमाडौँ — धावनमार्गसँग जोडिएका पूर्वाधार निर्माणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पुस १७ देखि ८ घन्टामात्रै बन्द हुने भएको छ । यसअघि कात्तिक २३ देखि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले फेब्रुअरी १ (पुस १७) गतेदेखि विमानस्थलमा राति १० बजेदेखि सुरु हुने निर्माण कार्यलाई ११ बजे सारिएको र बिहान ८ बजेसम्म हुने निर्माण कार्यलाई एक घन्टा छोट्याएर ७ बजेमा झारिएको बताए ।

‘अहिले भइरहेको पूर्वाधार विस्तारको प्रगति लक्ष्यभन्दा बढी देखिएकाले समय घटाइएको हो’, पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले भने । उनले बिहानको उडान समय ७ बजेमा ल्याइएकोमा पर्वतीय उडान लगायतका विदेशी उडान पनि हुने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully