कान्तिपुर वेबसाईट
Advertisement
Advertisement
NMA

कहिलेबाट सुरु होला बीपी राजमार्गको निर्माण ?

मंसिर २५, २०८१
When will the BP highway construction start?

Kantipur Events

nma-music-quiz
nma-free-ticket

Grab a
Free Ticket

Note: Get a chance to win a free ticket to the National Music Award !

काठमाडौँ — गत असोज १० देखि १२ गतेसम्म आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्गको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । समयमा बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको हो ।

निर्माण कार्य छिटो सुरु गर्नेबारे अध्ययन भइरहेको सडक विभागले जनाएको छ । १५ दिनभित्र फाइनल रिपोर्ट तयार हुने र त्यसपछि सरकारबाट स्रोत सुनिश्चितता गरिए निर्माणको काम सुरु हुने विभागका महानिर्देशक रामहरि पोखरेलले बताए । यसको निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

‘अहिले अध्ययनको काम भइरहेको छ,’ महानिर्देशक पोखरेलले भने, ‘फाइनल अध्ययन रिपोर्ट आएपछि कति लागत लाग्ने यकिन हुनेछ ।’ उनका अनुसार अहिले सरकारसँग स्रोत सुनिश्चितता मागिसकिएको छ । ‘यसबारे कुनै निर्णय भइसकेको छैन,’ उनले भने, ‘स्रोत सुनिश्चितता भएपछि ठेक्का प्रक्रिया टुंग्याउन तीन दिन लाग्छ ।’ निर्माण प्रक्रिया थाल्ने कुरा स्रोत सुनिश्चिततामा भर पर्ने उनको भनाइ छ । सडक डिभिजन भक्तपुरको अगुवाइमा अध्ययनको काम भइरहेको उनले बताए ।

आउने बर्खामा सवारी साधन चल्न मिल्ने र दिगो संरचना एकसाथ निर्माण गर्ने गरी नै सरकारसँग बजेट माग गरिएको महानिर्देशक पोखरेलले बताए । बर्खामा बीपी राजमार्ग चलाउन ठूलो चुनौती रहेको र त्यो अनुसार अहिलेबाट नै तयारी गर्नुपर्ने उनले बताए । ‘निर्माणका लागि अहिले कुनै पनि दातृ निकायसँग कुरा भएको छैन,’ उनले भने, ‘त्यो बेलासम्म कुनै दातृ निकायले चासो देखाए विकल्प रहन्छ ।’ सुरुमा दुई वर्षभित्र भनिए पनि तीन वर्षभित्र सक्ने गरी निर्माण थालिने उनको भनाइ छ ।

काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किमि सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको छ । तर सवारी चाप उच्च भएकाले दैनिक ट्राफिक जामको समस्या हुने गरेको छ । यो सडक भएर दिनको ७ हजारभन्दा बढी सवारीसाधन गुड्छन् । अप्ठ्यारो खण्डमा एकतर्फी रूपमा यातायात चलाउने गरिएकाले ट्राफिक जाम बढी हुने गरेको छ । विभिन्न अप्ठ्यारो र समस्या भएको ठाउँमा सडकलाई सिधा गर्ने गरी पुल बनाउने तयारी छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

प्रकाशित : मंसिर २५, २०८१ १६:३५
×