एक करोडभन्दा बढीको कारोबार गर्ने करदातालाई पुस मसान्तसम्मको म्याद

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Taxpayers who have turnover of more than 1 crore have a deadline till the end of January

काठमाडौँ — वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताले आर्थिक वर्ष ०८०/८१ को आय विवरण पेस गर्ने म्याद आउँदो पुस मसान्तसम्म पाउने भएका छन् ।

आन्तरिक राजस्व कार्यालयले मंगलबार सूचना जारी गरी त्यस्ता करदाताले आय विवरण पेस गर्ने म्याद थप्न माग गरेमा विभागको एकीकृत कर प्रणालीबाट स्वचालित रूपमा ०८१ पुस मसान्तसम्म म्याद थप हुने जानकारी दिइएको हो । आइतबारमात्रै यस्तो निर्णय गरिएको भन्दै विभागले उक्त सूचना जारी गरेको छ ।

जबकि, सोमबार उच्च अदालत पाटनले कारोबारका आधारमा तोकेको आय विवरण दाखिला गर्ने म्याद थपसम्बन्धी आन्तरिक राजस्व विभागको गत असोजको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

न्यायाधीश हेमन्त रावलको एकल इजलासले आय विवरण दाखिला गर्ने आन्तरिक राजस्व विभागको गत असोजको सूचना कार्यान्वयन नगर्न प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, राजस्व अनुसन्धान विभागलगायत निकायलाई आदेश दिएको थियो ।

Taxpayers who have turnover of more than 1 crore have a deadline till the end of January

कान्तिपुर

Link copied successfully