स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओमा राणा

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Rana as CEO of Standard Chartered Bank

काठमाडौँ — स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख राणा नियुक्त भएका छन् । विदेशी संयुक्त लगानीको यो बैंकमा स्थापनाको ३७ वर्षपछि पहिलो पटक नेपाली मूलका राणा सीईओ बनेका हुन् ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सन् २०२५ जनवरी १ देखि राणाले कार्यभार सम्हाल्ने छन् ।  

हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेका राणा ३० वर्षदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंकमै कार्यरत छन् । प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारको कार्यकालपछि सो पदमा राणालाई नियुक्त गरिएको हो ।

राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुती शाहका श्रीमान् हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully