नौ अंकले घट्यो नेप्से, पौने ५ अर्बको कारोबार

कार्तिक ११, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by nine points, turnover of 5 billion

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर २ हजार ६ सय १७.९५ विन्दुमा ओर्लेको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

आइतबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घट्यो । बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सो दिन ५६ हजार ६ सय ४६ पटकको कारोबारमा १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ७३ करोढ २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

कारोबारमा आएको १३ उपसमूहमध्ये बैकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बिमा र अन्यका परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे । 

कान्तिपुर

Link copied successfully