वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा संरक्षण- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
बजेट २०७९/०८०

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा संरक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) मा आरक्षणको व्यवस्था गरेको छ । आगामी वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेक हुन् ।

वैधानिक प्रणालीबाट धेरैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनका लागि भन्दै सरकारले यस्तो तयारी गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीबाट रेमिट्यान्स आप्रवाह औपचारिक माध्ययमार्फत आउनका लागि विभिन्न प्रोत्साहनको व्यवस्था गरी सुधार ल्याउन आवश्यक भएको सुझाव नेपाल धितोपत्र बोर्डले दिएको थियो ।

यसरी वैदेशिक रोजगारीमा रहेका नेपालीलाई धितोपत्र बजारमा लगानीको अवसर प्राप्त हुँदा देशको आर्थिक गतिविधिहरूमा उनीहरूको सहभागिता बढ्ने बोर्डको दाबी छ । यस्तै, विदेशमा रहेका गैरआवासीय नेपालीले नेपालको दोस्रो बजारमा लगानी गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

ऊर्जा क्षेत्रमा ७५ अर्ब १० करोड बजेट

कान्तिपुर संवाददाता

काठमाडौँ — ऊर्जा तथा जलस्रोत क्षेत्रमा आगामी आर्थिक वर्षका लागि सरकारले ७५ अर्ब १० करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

विद्युत्का उत्पादन, प्रसारण तथा वितरण आयोजनाहरूका लागि यो रकम छुट्याइएको हो । उत्पादनतर्फ बुढीगण्डकी, नलसिङगाड, पश्चिम सेती, सेती रिभर–६ र पञ्चेश्वर जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×