विदेश गएर पैसा कमाउन थालेपछि समाजमा सम्मान हुन थाल्यो : तुलानारायण साह

पुस १४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगारमा गएर पैसा कमाउन थालेपछि समाजमा उनीहरुको सम्मान हुन थालेको विश्लेषक तुलनारायण साहले बताएका छन्  ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको ‘कान्तिपुर आइएमई माइग्रेसन एन्ड रेमिट समिट २०२१’ को दोस्रो सत्र 'रेमिट्यान्सको व्यवस्थापन' मा बोल्दै साहले रेमिट्यान्सले भौतिक पूर्वाधारको विकास नभए पनि सामाजिक परिवेशमा भने परिवर्तन देखिएको बताएका हुन् । 

खासगरी वैदेशिक रोजगारीमा गएका मानिसहरुको शक्ति, लैङ्गिक र जातको रुपमा हुँदै आएको विभेद कम भएको उनले दाबी गरे ।  खासगरी तराईका जिल्लाहरुमा यस्तो परिवर्तन देखिएको उनले बताए ।

श्रम गन्तव्य र आर्थिक मन्थन

कान्तिपुर

Link copied successfully