एनआरएनएको अध्यक्ष पदमा आचार्यको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनएको अध्यक्ष पदमा आचार्यको उम्मेदवारी घोषणा

काठमाडौंमा आइतबार एक कार्यक्रम आयोजना गरी आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताए ।

‘संस्थाका संस्थापक र अग्रजहरुको साथ विश्वभर रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु,' आचार्यले भने, 'विश्वभरी रहनु भएका तपाईं सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अमूल्य आशीर्वाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु ।'

आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गर्नेलगायत योजना अघि सारेका छन् ।

एनआरएनएको १० औं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ ।

यो पनि

प्रकाशित : आश्विन १०, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?