शैलुङमा गाडी दुर्घटना : एक जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मच्छेगाउँबाट शैलुङ घुम्न आएकाहरू चढेको इभी दुर्घटनामा परेको थियो ।

कार्तिक २८, २०८२

केदार शिवाकोटी

Vehicle accident in Shailung: One person dies

दोलखा — शैलुङ गाउँपालिका-८ कालापानीमा भएको इभी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गाडीमा रहेका ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोरखाकी ६० वर्षीया महिला एकुमाया अर्याल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएकी अर्यालको शैलुङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मच्छेगाउँबाट शैलुङ घुम्न आएकाहरू चढेको बागमती प्रदेश ०१–००२ ज ६२०८ नम्बरको गाडी शुक्रबार दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ । 

घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर तथा पाँच जनाको अवस्था मध्यम रहेको छ भने अन्य सामान्य घाइते भएका छन् । घाइतेहरुलाई सदाबहार अस्पताल खाडीचौर र केहीलाई बाघखोर स्वास्थ्य केन्द्र काटाकुटी लगिएको छ ।

केदार

Link copied successfully