शैलुङको कालापानीमा ईभी दुर्घटना, १२ जना घाइते, ४ को अवस्था चिन्ताजनक

काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँबाट आन्तरिक पर्यटक लिएर शैलुङ आएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी शुक्रबार अपराह्न दुर्घटना भएको हो ।

कार्तिक २८, २०८२

केदार शिवाकोटी

EV accident in Kalapani, Shailung, 12 injured, condition of 4 critical

दोलखा — दोलखाको शैलुङ गाउँपालिका-८ कालापानीमा ईभी (गाडी) दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँबाट आन्तरिक पर्यटक लिएर शैलुङ आएको  बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी शुक्रबार अपराह्न दुर्घटना भएको हो । 

दुर्घटनामा परेका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको उद्वार गरेर अस्पताल लगिँदै छ ।  

केदार

Link copied successfully