भीमफेदी जेलबाट भागेकामध्ये १ सय ८४ कैदीबन्दी अझै फरार

जेलबाट फरार भएकामध्ये ३९ जना विदेशी थिए । ति मध्ये १२ जना पक्राउ परेका छन भने २७ जना फरार नै छन ।

आश्विन २७, २०८२

प्रताप बिष्ट

Among those who escaped from Bhimfedi Jail, 184 prisoners are still absconding

What you should know

काठमाडौँ — जेन-जी आन्दोलनको मौका छोपेर भीमफेदीस्थित क्षेत्रीय कारागारको पर्खाल फोडेर भागेका ४ सय ४० कैदीबन्दीमध्ये १ सय ८४ अझै फरार छन् ।

भदौ २४ गते राती साढे १२ बजे यहाँबाट कैदीवन्दी फरार भएका थिए । जेलबाट फरार भएकामध्ये ३९ जना विदेशी थिए । ति मध्ये १२ जना पक्राउ परेका छन भने २७ जना फरार नै छन ।

कारागारका जेलर सुवास पौडेलले भागेकाहरुलाई कारागार प्रशासनले फोन गरेर फर्कनका लागि असोज २० गतेसम्मको समय दिएको बताए । उनले यो अवधीमा १ सय १३ जना फर्केको बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार कैदीबन्दी खोजीको क्रम जारी रहेको बताए । कारागार प्रशासनका अनुसार फरार भएका कैदीवन्दीहरुमध्ये सवै भन्दा धेरै लागु औषध मुद्दाका छन् । अन्य भने जवरजस्ती करणी, कर्तव्य ज्यान लगायतका मुद्दाका छन् ।

अहिले भीमफेदी कारगारमा ९ सय ४६ जना कैदीबन्दी छन । जेल फोडेर भाग्नु भन्दा अघि यहाँ १ हजार ६६ जना कैदीबन्दी थिए ।

वालसुधार गृहवाट १० वालक अझै फरार

हेटौडा उपमहानगरपालिका—११ थानाभर्‍याङमा रहेको बालसुधार गृहवाट भदौ २५ गते विहान ७२ जना वालकहरु भागेका थिए ।

तीमध्ये प्रहरीले ६२ जना नियन्त्रणमा लिएको छ भने १० जना अझै फरार रहेको सुधारगृहका प्रमुख प्रदिप गौतमले बताए । उनले भने, ‘उनीहरु घरमा पनि पुगेका छैनन, सम्पर्कमा पनि छैनन ।’ फरार रहेकामध्ये लागु औषध र जवरजस्ती करणी मुद्दाका छन । वालसुधार गृहमा ९४ जना विज्याई गरेका वालकहरु रहेका थिए ।

सम्बन्धित अन्य समाचार 

६ हजार ५१६ कैदीबन्दी* अझै फरार, ९ हजार ८ पक्राउ, फरारहरुको सूची सार्वजनिक

समाजमा थपियो त्रास : जेलबाट भागेका कैदीबन्दी फेरि अपराधमै

प्रताप

Link copied successfully