साँगामा पहिरो खस्यो, अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध

वैकल्पिक मार्गका रुपमा भक्तपुर–नाला सडक खण्ड प्रयोग गरिएको छ ।

आश्विन १९, २०८२

ज्योती श्रेष्ठ, सुन्दर शिल्पकार

A landslide occurred in Sanga, blocking the Arani highway in both directions

काभ्रे/भक्तपुर — काभ्रेपलाञ्चोक र भक्तपुरको सिमा क्षेत्र रहेको साँगामा ढुंगा र लेदोसहितको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

शनिबारदेखि निरन्तर परेको वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका-१० स्थित झोलुङ्गे पुलमा ढुंगा र लेदो सहितको पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । 

उनका अनुसार शनिबार साँझ ५ बजेदेखि नै स–साना ढुंगा र लेदोसहितको पहिरो झरिरहेको थियो । राति करिब ९ बजेदेखि सो सडक खण्डमा दुईतर्फी यातायात आवगमन अवरुद्ध भएको छ । वैकल्पिक मार्गका रुपमा भक्तपुर–नाला सडक खण्ड प्रयोग गरिएको उनले बताए । 

अवरुद्ध सडकखण्डमा अहिले एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।

यस्तै, पहिराेमा पेट्रोलियम पदार्थ बोकेकाे ट्यांकर फसेकाे छ । अहिले एक्स्काभेटरको सहायताले पहिरो हटाउने क्रम जारी छ ।

A landslide occurred in Sanga, blocking the Arani highway in both directions

अरनिकाे राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्ला जाने सवारीसाधन सञ्चालनमा शनिबारदेखि नै राेक लगाइएकाे छ । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा तीन दिन राेकलगाएसँगै भक्तपुरकाे जगातीबाट पूर्व जाने सवारी पनि चलेका छैनन् । आज पनि पूर्वी नाका हुँदै जाने सवारीसाधन राेकिने प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जानकारी दिए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

सुन्दर

Link copied successfully