नुवाकोट — कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रदेशसभा क्षेत्रीय अधिवेशनमा देउवा पक्षीय उम्मेदवारले जित हासिल गरेका छन् ।
नुवाकोटको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ 'क' मा सरोज केसीले नेतृत्व गरेको समूहकोलाई पराजित गर्दै देउवा समूहका सुशिल खड्काले जितेका छन् । प्रदेश १ 'ख' मा ऋषिकुमार तामाङको टिमलाई पराजित गर्दै रामजी पौडेलको प्यानल विजयी भएको छ ।
त्यसैगरी, नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ 'क' को सभापतिमा अक्कलबहादुर ढुंगानालाई पराजित गर्दै बैकुण्ठबहादुर पाण्डेको समूहले जित हासिल गर्यो । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ 'ख' को सभापतिमा आतमसिं तामाङलाई पराजित गरेर गणेशमान तामाङ निर्वाचित भए ।
