एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी

फोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म चल्ने

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Photo exhibition on 5 decades of ADB-Nepal collaboration

काठमाडौँ — नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

Photo exhibition on 5 decades of ADB-Nepal collaborationफोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म चल्ने छ । फोटो प्रदर्शनीमा नेपाल सरकार र एडीबीबीच ५० वर्षमा भएको सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासहरूलाई दृश्यमार्फत प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।  उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा राज्यमन्त्री तामाङले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्‍याएकोमा एडीबीलाई धन्यवाद दिए । 'धेरै सकारात्मक कामहरू भर्खरै सम्पन्न भएका छन् । नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पुर्‍याएको सहयोगमा म धन्यवाद दिन चाहन्छु,' राज्यमन्त्री तामाङले भने ।

Photo exhibition on 5 decades of ADB-Nepal collaborationत्यस्तै एडीबी नेपालका निर्देशक कोस्वाले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा निरन्तर साथ रहने बताए । त्यस्तै उनले न्यून विद्युतीकरण भएको नेपाल अहिले ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा समेत पुगेको उनले बताए ।

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एडीबीको सहयोगमा नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजनाहरू निर्माण भइरहेको बताए । उनले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्‍याएकोमा एडीबीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगमा निरन्तरता हुनेमा आशावादी रहेको बताए ।  फोटो प्रदर्शनीमा उत्पादन, प्रसारण, वितरण र 'बियोन्ड द मिटर' गरी ४ भागमा विभाजन गरिएको छ ।

कान्तिपुर

Link copied successfully