त्यो स्ववियु चुनाव : त्यो प्रतिस्पर्धा 

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

That self-election: that competition

काठमाडौँ — तीस वर्षे निरंकुश पञ्चायती शासनमा दलहरू प्रतिबन्धित थिए । भूमिगत रूपमा दलहरूले आफ्नो गतिविधि भ्रातृसंस्थाका रूपमा रहेको विद्यार्थी संगठनबाट गराउँथे । पञ्चायतविरुद्ध बोल्नका लागि पनि दलहरूले यिनै विद्यार्थी संगठनहरूको प्रयोग गर्थे । किनकि, पञ्चायतले विद्यार्थी संगठनलाई भने औपचारिक गतिविधि गर्न रोकेको थिएन ।

प्रजातन्त्र स्थापना भएपछि दलहरू राजनीतिक गतिविधि गर्न स्वतन्त्र भए । अनि विद्यार्थी संगठनहरू राजनीतिक व्यवस्थाको विरोध गर्ने भन्दा पनि शैक्षिक विकासका सवालमा केन्द्रित हुन थाले । कतिपय विद्यार्थी संगठनबाट आएका नेता दलीय राजनीतिमा लागे । 

पञ्चायतको विरोधमा एक मुख भएका विद्यार्थी संगठनहरू प्रजातन्त्र स्थापनापछि आपसी प्रतिस्पर्धामा उत्रिए । २०४९ फागुन १५ गते विद्यार्थी संगठनहरूको पहिलो निर्वाचन भयो । महेन्द्र संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ७३ वटा क्याम्पस र केही निजी क्याम्पसमा पढ्ने एक लाखभन्दा धेरै विद्यार्थी मतदानमा सहभागी भए । 

That self-election: that competition

कतिपय क्याम्पसमा विद्यार्थी संगठनहरूबीच द्वन्द्व भएका कारण निर्वाचन हुन सकेन । विद्यार्थी संगठनको चुनावलाई दलहरूले आत्मसम्मानको विषय नै बनाएका थिए । किनकि, यो चुनावमा जुन संगठनले धेरै सिट जित्थ्यो, सम्बन्धित दलको लोकप्रियता त्यसैका आधारमा मापन हुने परिस्थिति थियो । दलहरूमा कस्ता नेता आउँदैछन् भन्ने बुझ्न पनि यो चुनाव महत्त्वपूर्ण थियो । 

स्ववियु चुनावको विषयमा कान्तिपुरले २०४९ फागुन १५ मा प्रथम पृष्ठमा समाचार प्रकाशन गरेको थियो । यो समाचारमा त्यतिबेलाका एमालेको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सचिव गोकर्ण विष्टको भनाइ पनि उद्धृत गरिएको छ । 

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully